January 9th, 2017

राष्ट्र बैंकले जारी गर्यो ६० करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । नेपाल सरकारका लागि आन्तरिक ऋण जुटाउन राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको ट्रेजरी बिल विक्री गरेको हो । अनलाइन बोलकबोलका आधारमा सोमबार विक्री गरिएको ट्रेजरी बिल आगामी चैत २९ गते परिपक्व हुनेछ । 

यसअघि गत शुक्रबार पनि राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको ९० दिने अवधिको र एक अर्ब बराबरको ३६३ दिने अवधिको गरी कुल एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । जसमध्ये, ९० दिने अवधिको ट्रेजरी बिलमा ३०४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको थियो भने ३६३ दिने अवधिको ट्रेजरी बिलमा ४१५ करोडको आवेदन परेको थियो ।  ९० दिने ट्रेजरी बिल आगामी चैत्र २२ गते परिपक्व हुनेछ भने ३६३ दिने अवधिको ट्रेजरी बिल ०७४ पुस १८ गते परिपक्व हुनेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]