January 9th, 2017

सोमबारको नेप्से : परिसूचक ११.५२ अंकले बढ्दा पनि कारोबारमा उच्च गिरावट

सोमबार सेयर बजार ११.५२ अंकको वृद्धिसँगै १४५८.९७ अंकमा पुगेर बन्द भएको छ । आइतबार उकालो लागेको एक मात्र समूह होटल सोमबार ५.३९ अंकले ओरालो लागेको छ । विकास बैंक पनि १.४७ अंकले घटेको छ । बाँकी समूहहरु भने बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.८३ अंकले बढेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ११.०३, ९.९३, ४.९६ र २.८९ अंकले बढेका छन् । 

कारोबार रकममा भने उल्लेख्य गिरावट देखिएको छ । आइतबार ४१ करोडको कारोबार भएकोम बजार सोमबार २६ करोडको कारोबारमा सीमित हुन पुगेको छ । दिनभरिमा ११७ वटा कम्पनीको चार लाख ३५ हजार तीन सय ८१ कित्ता सेयर दुई हजार चार सय ९३ पटक खरिदविक्री हुँदा कुल २६ करोड ४५ लाख ९१ हजार ३७ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै दुई करोड ८८ लाख छ हजार तीन सय ४६ रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको एक करोड ७० लाख र सिटिजन्स बैंकको एक कराड २९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ९० लाखको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनी र सिभिल बैंकको ८० लाखमाथिको कारोबार भएको छ भने सिद्धार्थ बैंक लुम्बिनी जेनेरल इन्स्योरेन्स र डिप्रोक्स डेभलपमेन्ट बैंकको ७० लाखमाथिको कारोबार भएको छ । एनआईसी एसिया बैंकको ६४ लाख रुपैयाँको कारोबार भएको छ । 

कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने एनबि इन्स्योरेन्सका सेयरधनीले ९.९० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भार्गव विकास बैंकका सेयरधनीले ५.७५ प्रतिशतका दरले कमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

सेयर कारोबार सुरु भएको दिन महालक्ष्मी विकास बैंकका सेयरधनीले ९.७३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । ङादी ग्रुप पावरका सेयरधनीले ५.६८ प्रतिशतका दरले गुमाएका छन् भने अरुण फाइनान्सका सेयरधनीले ४.३९ प्रतिशतका दरले गुमाएका छन् । राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, काबेली विकास बैंक, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]