January 9th, 2017

क्रेडिट सुविधा सुरु गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमका ग्राहकले सापटी लिन पाउने भएका छन् । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउन लागेको हो । टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने जानकारी दिएकी हुन् । कति रकमसम्म सापटी पाउने र भुक्तानी प्रक्रिया कस्तो हुने विषयमा निर्णय गरी छिटै नै सापटी सेवा ल्याउने तयारी थालेको टेलिकमले जानकारी दिएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]