January 8th, 2017

निर्धन उत्थान बैंकको तीन दिने उद्यमशीलता विकास तालिम कलैयामा सुरु

काठमाडौँको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुका लागि तालिम सुरु गरेको छ । बैंकले पुस २४ गतेदेखि बारा जिल्लाको कलैयामा तीन दिने तालिम सुरु गरेको हो । तालिमको पहिलो दिनमा गञ्जभवानीपूर शाखा, प्रसानी शाखा र कलैया शाखाका २२ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । 

सो अवसरमा बोल्दै बैंकका बिरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमूख शम्भू न्यौपानेले ७५ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी देशमा रहेको गरीबीलाई आर्थिक तथा सामाजिक रुपमा कम गर्न निर्धन उत्थान बैंक लागिपरेको बताए । बैंकले प्रदान गर्ने सेवाको बारेमा बोल्दै उनले हरेक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । २५ वर्षदेखि निरन्तर सेवा दिई रहेको यस बैंकबाट कर्जा लिएर व्यवसाय गरी धेरै घरपरिवार आर्थिक रुपमा समृद्ध भएको समेत उनले बताए । ग्राहक सदस्यहरुकै आग्रहमा आयोजना गरिएको तालिम पुस २६ गतेसम्म चल्नेछ । 

ग्राहक सदस्यहरुलाई लक्षित गर्दै विभिन्न तालिमहरुको आयोजना गर्दै आएको निर्धन उत्थानले चालू आर्थिक वर्षको पहिलो र दोश्रो त्रैमासमा बैंकले भुकम्प प्रभावित १४ जिल्लाहरुमा २० वटा सीपमुलक तालिम सम्पन्न गरिसकेको छ । ७५ वटै जिल्लामा १७८ शाखाहरु, १० वटा क्षत्रीय कार्यालय र केन्द्रीय कार्यालय समेत गरी १८९ वटा कार्यालयहरुमार्फत लघ्ुवित्त सेवा प्रदान गर्दै आएको बैंकले ८०९१ जना ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने, ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम प्रदान गर्ने  र थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]