January 9th, 2017

बनाउनुस् बैंकिङ करिअर : हाम्रो विकास बैंकमा दर्जन बढी कर्मचारी आवश्यकता

हाम्रो विकास बैंक लिमिटेडले एक दर्जन भन्दा बढीको संख्यामा कर्मचारी माग गरेको छ । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको बैंकले व्यवस्थापकीय तहमा डेपुटी जेनेरल मेनेजर, आईटी मेनेजर र मेनेजर (अपरेसन) गरी तीन जना, व्यवस्थापन प्रशिक्षार्थी पाँच जना, सिनियर एसिस्टेन्ट तीन जना, मेसेन्जर एक जना र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । 

आवश्यक योग्यता
डेपुटी जेनेरल मेनेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर वा सीए उतीर्ण गरेको, कम्तीमा ४ वर्ष बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय तहमा रहेर काम गरेको अनुभव भएको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

आईटी मेनेजरका लागि आइटी विषयमा स्नातक उतीर्ण गरी कम्तीमा ४ वर्ष बैंक तथा वित्रीय संस्थाको अफिसर लेभलमा रहेर काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, व्यवस्थापकीय तह (अपरेसन)का लागि व्यवस्थापन संकायमा स्नातकोत्तर वा सीए उतीर्ण गरेको, कम्तीमा ४ वर्ष बैंक तथा वित्तीय संस्थामा अफिसर लेभलमा रहेर काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

व्यवस्थापन प्रशिक्षार्थीका लागि व्यवस्थापन वा कानुन विषयमा स्नातकोत्तर गरेको वा सीए/एसीसीए गरेको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । कार्यअनुभव अनिवार्य नभएको समेत बैंकले स्पष्ट पारेको छ । 

सिनियर एसिस्टेन्टका लागि पनि ३५ वर्ष ननाघेको कर्मचारी माग गरिएको छ, जसले व्यवस्थापन संकायमा कम्तीमा स्नातक उतीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसैगरी, मेसेन्जरका लागि एसएलसी उतीर्ण गरेको, सवारीचालक अनुमतिपत्र भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

प्रशिक्षार्थी एसिस्टेन्टका लागि भने व्यवस्थापन संकायमा प्लस दुई उतीर्ण गरेको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । यो पदका लागि पनि कार्यअनुभव अनिवार्य नरहेको बताइएको छ । 

सम्पर्क
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई पुस २७ गतेभित्र हाम्रो विकास बैंकको इमेल ठेगाना [email protected] मा आफ्नो शैक्षिक योग्यता तथा कार्यअनुभव झल्काउने प्रमाणपत्रहरु, बायोडाटा र निवेदन पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]