January 8th, 2017

सेयर सदस्य बढाउन विशेष कार्यक्रम ल्याउने तयारीमा युवा बिकास बहुउद्देश्यीय सहकारी  

काठमाडौँको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

साधारणसभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पुर्याएको बताए ।  

सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै, आर्थिक वर्ष ०७२/०७३ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोबारको विवरण पनि प्रस्तुत गरेका थिए । 

सभामा बोल्दै अध्यक्ष राईले आगामी वर्ष सेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने तयारी रहेको बताए । साथै, युवाहरुका लागि रोजगारी सिर्जना गर्नमा सहकारी लागिपरेको जानकारी गराए । उनले सबैको साथ सहयोगबाट सहकारीले एक बर्षमा १० करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । 

साधारणसभाले सहकारीको बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिनेलाई सम्मान पनि गरेको थियो । यसरी सम्मानित हुनेमा स्टाफ अर्फ द इयरबाट, आस्मा बिष्ट, बेस्ट निक्षेपकर्ताबाट सौरभ चिरनिया, उत्कृष्ठ ऋणि डोल्ला शेर्पा तामाङ, बेस्ट सपोटर अर्फ इयरबाट गणेश राई लगायत छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]