January 7th, 2017

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २० अर्ब रुपैयाँ तरलता

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) पठाएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार रिपो बोलकबोलमार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थामा पठाएको हो ।

राष्ट्र बैंकले ४.८७५३ प्रतिशत व्याजदरमा दुई हप्ता अवधिका लागि यो रिपो जारी गरेको हो । जसअनुसार, आगामी माघ ७ गते रिपो परिपक्व हुनेछ । रिपो उपकरणको भुक्तानी मितिका दिन निर्धारित साँवा तथा ब्याज रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी भुक्तानी लिइने छ । 

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय भएको नाताले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । त्यसैले, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा रिपोमार्फत पठाउने र तरलता बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्ने गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]