January 4th, 2017

‘भ्रष्टाचार र अनियमितता रोक्न वित्तीय ज्ञान जरुरी’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सबै क्षेत्रमा मानिसलाई वित्तीय साक्षरता आवश्यक रहेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरता पैसा आर्जन गर्ने र सो रकमको सदुपयोग गर्ने ज्ञानसँग सम्बन्धित भएको र यो सबै क्षेत्र र वर्गका मानिसलाई आवश्यक भएको प्रष्ट पारे ।

भ्रष्टाचार र अनियमितता रोक्न समेत वित्तीय साक्षरता जरुरी भएको उनको भनाई थियो । सिवाकोटीका अनुसार, अझै पनि ६० प्रतिशत नेपाली बैंकिङ पहुँच बाहिर रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]