January 4th, 2017

खुल्यो छ्याङ्दी हाइड्रोपावरको दुई लाख ७० हजार कित्ता आईपिओ

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको दुई लाख ७० हजार कित्ता साधारण सेयर (आईपिओ) खुलेको छ । छ्याङ्दीले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित दरमा दुई करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । दुई मेगावाटको आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । पुस २० गतेदेखि माघ ५ गतेसम्म निष्काशन खुला रहने उक्त सेयरमा लमजुङ जिल्लावासीले आवेदन दिन पाउनेछन् । सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बताइएको छ । छ्याङ्दी हाइड्रो पावर लिमिटेड फलेनी गाविस वडा न १ ग्लोबल आईएमई बैंक लिमिटेड शाखा कार्यालय बेशीशहर, प्यासीफिक डेभलपमेन्ट बैंक लिमिटेड भोटेबडार लमजुङ, कैलाश विकास बैंक लिमिटेड शाखा कार्यालय बेसीसहरमा आवेदन दिन सकिनेछ ।

कुल दुई लाख ७० हजार कित्ता सेयरमध्ये छ्याङ्दीले अति प्रभावित फलेनी र बन्सर गाविसका वासिन्दालाई ४० प्रतिशत, चिती, ढोडेनी, नौथर र वेसीसहरवासीलाई ४० प्रतिशत र २० प्रतिशत लमजुङ जिल्लाका बाँकी गाविस तथा नगरपालिका वासिन्दालाई वितरण गरिने जनाएको छ । 

सेयर निष्काशनका लागि छ्याङ्दीले मंसिर २४ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]