January 4th, 2017

पोखरा फाइनान्समा १७ जनाका लागि जागीर खुल्यो : अनुभव नभएकालाई पनि अवसर

पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदका लागि १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक (अफिसर तथा जुनियर अफिसर लेभल) ३ जना, क्रेडिट तथा मार्केटिङ (एसिस्टेन्ट तथा सिनियर एसिस्टेन्ट लेभल)मा ७ जना र सीएसडी अर्थात टेलर (जुनियर एसिस्टेन्ट तथा एसिस्टेन्ट लेभ) ७ जना माग गरेको हो । 

स्याङ्जाको रामबच्छा वालिङ, पोखराको विरौटा र लेखनाथ नगरपालिकाको आदर्शचोकमा रहेको शाखा कार्यालयका लागि बैंकले शाखा प्रबन्धक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी कम्तीमा ३ वर्ष बैंक तथा वित्तीय संस्थामा सुपरभाइजर वा सोभन्दा माथिल्लो तहमा रहेर काम गरेको र उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, पोखरा, स्याङ्जा, सल्यान, लेखनाथ र कास्कीमा रहेका विभिन्न शाखाहरुका लागि कम्पनीले क्रेडिट तथा मार्केटिङ एसिस्टेन्ट माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा प्लस दुई उतीर्ण गरी कम्तीमा दुई वर्ष वित्तीय संस्थामा काम गरेको र उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, पोखरा, रामबच्छा वालिङ र आदर्शचोकका लागि सीएसडी अर्थात टेलर माग गरिएको छ । यसका लागि प्लस दुई उतीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १७ जनवरी अर्थात माघ ४ गतेभित्रमा वायोडाटा, शैक्षिक योग्यता तथा अनुभव झल्काउने प्रमाणपत्रहरु र एक प्रति पासपोर्ट साइजको फोटोको साथमा निवेदन दिन आह्वन गरिएको छ ।

सम्पर्क


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]