January 3rd, 2017

राष्ट्र बैंकद्धारा लगानीको प्रस्ताव माग

नेपाल राष्ट्र बैंकले एक अर्ब ८३ करोड दूई लाख ९३ हजार रुपैयाँका लागि क वर्गका बैंकसँग लगानीको प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकबाट मुद्दती निक्षेपको रुपमा रकम लिन चाहने बैंकलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी पुस २१ गते अपरान्ह ३ बजेभित्रमा राष्ट्र बैंकमा बुझाउन आह्वान गरिएका छ । बैंकद्धारा प्रकाशित सूचनामा भनिएको छ–‘यस बैंकको बिभिन्न कोषमा रहेको रकम लगानी गर्नु परेकोले यस बैंकबाट अनुमति प्राप्त तल उल्लिखीत शर्तहरु पुरा गरेका ‘क’ वर्गका वाणिज्य बैंकहरुबाट आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत यस बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी कुल लगानी योग्य रकम मध्ये २०७३ माग २ गते देखि २०७४ माघ १ (तद्नुसार जनवरी १५, २०१७ देखि जनवरी १५, २०१८) सम्म ३६६ दिनको लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खोली यस बैंकमा मिति २०७३।०९।२१ गते अपरान्ह ३.०० बजे भित्र बुझाउन आह्वान गरिएको छ ।’

यस्ता छन्, राष्ट्र बैंकका शर्तहरु


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]