March 25th, 2016

साताभर शेयर बजारमा ३ अर्बमाथिको कारोबार, परिसूचक १३.२१ अंकले बढ्यो

economicयस साता नेपाल स्टक एक्सचेन्जमा ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४२ वटा कम्पनीहरुको ६६ लाख १४ हजार २ सय २० कित्ता शेयरहरु १६ हजार ८६ पटक खरिदविक्रि हुँदा ३ अर्ब ४४ करोड ५० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ४३ प्रतिशतले कम हो । गत साता ६७ लाख १४ हजार २ सय ३० कित्ता शेयर १८ हजार ४ सय ७ पटक खरिदविक्रि हुँदा ४ अर्ब २ करोड ८९ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा १३ दशमलव २१ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ५७ दशमलव १४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ३ दशमलव ४४ अंकले वृद्धि भई २ सय ९२ दशमलव ४८ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।


यस साता कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ जसको रकम रहेको २८ करोड ६० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २६ करोड २५ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकको २४ करोड ९६ लाख ६० हजार रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलको १५ करोड २९ लाख रुपैयाँ र एनएमबी बैंकको १५ करोड १० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा नेशनल हाइडोपावर कम्पनी अग्रस्थानमा रहेको छ जसको १३ लाख ३७ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ  । त्यसैगरी कारोबार संख्याको आधारमा १ हजार ३ सय ११ वटा कारोबार हुदै नेशनल हाइडोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेप्सेमा कन्चन डेभलपमेन्ट बैंकको ३ लाख ३० हजार कित्ता हकप्रद शेयर, कन्चन डेभलपमेन्ट बैंकको ३ लाख ३० हजार कित्ता बोनस शेयर, जानकी फाइनान्स कम्पनीको ६ लाख २१ हजार ५ सय ६० कित्ता बोनस शेयर, गौमुखी विकास बेंकको १ लाख ६८ हजार ४ सय ८० कित्ता हकप्रद शेयर, साना किसान विकास बैंकको ११ लाख ४० हजार ९ सय ७० कित्ता हकप्रद शेयर, निर्धन उत्थान बैंकको १६ लाख ३९ हजार ४ सय ९ कित्ता बोनस शेयर , कसमस डेभलपमेन्ट बैंकको ६५ हजार ६ सय २५ कित्ता बोनस शेयर र ग्लोबल आईएमई बैंकको १ करोड १५ लाख २६ हजार ६ सय ७८ कित्ता बोनर शेयर  सूचीकृत भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]