Wednesday , November 22 2017

दुई वटा वाणिज्य बैंकमा ३० जनाका लागि रोजगारीको अवसर !

January 3, 2017

एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले कर्मचारी माग गरेका छन् । एसआईसी एसिया बैंकले एक जना क्रेडिट अफिसर मागेको छ, जसका लागि एप्लाई गर्ने म्याद बुधबार सकिँदैछ । त्यस्तै, सिद्धार्थ बैंकले २९ जना कर्मचारी विभिन्न पदका लागि मागेको छ भने एप्लाई गर्ने म्याद पुस २६ गतेसम्म छ । 

एनआईसी एसिया बैंकले क्रेडिट अफिसर माग गरेको छ । नेपालको कुनै पनि ठाउँमा गएर जिम्मेवारी सम्हाल्न तयार नेपाली नागरिकले ४ जनवरी अर्थात् पुस २० गतेभित्र बैंकमा सम्पर्क गर्न सक्नेछन् । साथमा स्नातकोत्तर उतीर्ण गरेको र कम्तीमा ३ वर्ष ( २ वर्ष रिलेसनसिप, क्रेडिट, क्रेडिट रिस्क मेनेजमेन्ट, क्रेडिट अप्रुभल र क्रेडिट एनालाइसिससम्बन्धी) काम गरेको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।  

सिद्धार्थ बैंकले माइक्रोबैंकिङ प्रमुख १ जना, सिनियर अफिसर लेभलका लागि १ जना, उपत्यकाबाहिरका लागि एसिस्टेन्ट लेभलमा २५ जना र अफिसर लेभलमा २ जनाको दरखास्त आह्वान गरेको छ ।

माइक्रोबैंकिङ प्रमुखका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरी कम्तीमा ८ वर्ष (४ वर्ष अफिसर लेभलमा रहेर) बैंक तथा वित्तीय संस्थामा काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 

सिनियर अफिसर लेभलका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरी कम्तीमा ६ वर्ष (२ वर्ष अफिसर लेभलमा रहेर) काम गरेको र उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, एसिस्टेन्ट लेभलका लागि सिनियर अफिसर लेभलका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण, उमेर ३० वर्ष ननाघेको र अफिसले चाहेको स्थानमा गएर काम गर्न सक्ने हुनुपर्नेछ । प्लस दुई उतीर्ण गरी सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव प्राप्त गरेकाले पनि एसिस्टेन्ट लेभलका लागि आवेदन दिन सक्नेछन् । 

अफिसर लेभलका लागि पनि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । साथमा कम्तीमा ५ वर्ष (२ वर्ष माइक्रो लिडिङ पोजिसनमा रहेर) काम गरेको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

सम्पर्क
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १० जनवरी अर्थात पुस २६ गतेभित्र एप्लाई गरिसक्नुपर्नेछ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *