Tuesday , May 23 2017

राष्ट्र बैंकले विक्री गर्यो १५६ करोडको ट्रेजरी बिल

January 2, 2017

नेपाल राष्ट्र बैंकले एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले नेपाल सरकारका लागि आन्तरिक ऋण जुटाउन सोमबार उक्त अनुपातमा ट्रेजरी बिल विक्री गरेको हो । ट्रेजरी बिल अनलाइन बोलकबोलको आधारमा विक्री गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले दुई प्रकारका ट्रेजरी बिल विक्री गरेको हो । ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिको हुनेछ, जुन आगामी चैत्र २२ गते परिपक्व हुनेछ । बाँकी एक अर्बको ट्रेजरी बिल ३६४ दिने हुनेछ, जुन ०७४ पुस १८ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि पुस ११ गते १० अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । जसमध्ये, नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने रहेको छ, जुन आगामी चैत १५ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ३६४ दिने रहेको छ । यो ट्रेजरी बिल ०७४ पुस ११ गते परिपक्व हुनेछ ।
 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *