January 2nd, 2017

बागमतीलाई किनेको सानिमा बैंकको एकीकृत कारोबार पुस २९ गतेदेखि

बागमती डेभलपमेन्ट बैंकलाई गाभेको सानिमा बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । चार अर्ब ५९ करोड रुपैयाँ चुक्तापुँजी भएको सानिमा बैंकले पाँच करोड ७५ लाख रुपैयाँ चुक्तापुँजी भएको बागमती डेभलपमेन्ट बैंकलाई खरिद गरेर सानिमा बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । 

सानिमाले बागमतीलाई गाभ्न गत साउन महिनाको अन्तिम साता नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । दुबै संस्थाको गत असोज २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट सानिमासँग बागमती गाभिने प्रस्ताव पारित भएको थियो । सानिमाले नेपाल राष्ट्र बैंकबाट गत पुस १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट १४ गतेको पत्रबाट एकीकृत कारोबार गर्न स्वीकृति पाएको जनाएको छ । पुस २८ गतेसम्म सानिमाले एकीकृत कारोबार सुरु गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]