January 1st, 2017

तनहुँमा आशा लघुवित्तका दुई शाखा विस्तार

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिनमा आफ्नो २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । संस्थाले आइतबार तनहुँको भानु न.पा. ३, तुरतुरेमा र शुक्लगण्डकी न.पा. १०, खैरेनीटारमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो । जसमध्ये, तुरतुरे शाखाको उद्घाटन संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले गरे भने खैरेनीटार शाखाको उद्घाटन संचालक प्रदिपकुमार खडकाले गरे । 

देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयबृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउन र सदस्यहरुलाई उद्यमशील बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर उकास्ने उद्देश्यले यी शाखाहरु विस्तार गरिएको संस्थाका विभागिय प्रमुख जीवन खनालले बताए । चितवन, धादिङ्ग, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने संस्थाको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]