January 2nd, 2017

अपि पावर कम्पनीले पायो उत्पादन अनुमति, एसबिआई र प्रभुको वित्तीय सहयोग

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्मmौता समेत भईसकेको आयोजनाको वित्तीय व्यवस्थापन नेपाल एस.वि.आई बैंक लि र प्रभु बैंकले गर्ने भएको छ । 

यो आयोजना अपि पावर कम्पनीले निर्माण गर्ने दोस्रो आयोजना हो । यस अघि कम्पनीले १७ महिनाको छोटो अवधीमा सूदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा ८.५ मेगावाट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरि राष्ट्रिय प्रशारण लाईनमा जडान गरिसकेको छ । यो नयाँ अपर नौगड गाढ साना जलविद्युत आयोजना कम्पनीले सोहि नदिको माथिल्लो भागमा निर्माण गर्न लागेको बताइएको छ । यो आयोजना १५ देखि १७ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सुदूरपश्चिम क्षेत्रलाई लोडसेडिङमुक्त बनाउन यी दुई आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछन् । 

कम्पनीले अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण सकिए लगतै ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्य सुरु गर्ने समेत जनाएको छ । कम्पनीले हालै मात्र नेपाल विद्युत प्राधिकरणबाट जारी सोलार सम्बन्धी टेण्डर मार्फत १९.५ मेगावाटको सोलार जडानको कार्य समेत गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]