December 31st, 2016

बूम सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न 

काठमाण्डौंको बाफलमा अवस्थित बूम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौं बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाले आफ्ना सेयरधनीलाई राम्रो लाभांश वितरण गरेको बताइएको छ । साथमा सेयर सदस्यहरुलाई बीमाको सुविधालाई पनि निरन्तरता दिइएको बताइएको छ । 

देश बिदेशमा व्यवस्थापनको राम्रो अनुभव बटुलेकी संस्थाकी प्रमुख कार्यकारी अधिकृत प्रविना रावल पन्तले सो सभामा सम्पूर्ण सेयर सदस्य तथा अतिथिहरुलाई स्वागत गर्दै संस्थाले देशको आर्थिक विकासमा पनि योगदान गरेको जानकारी गराईन् । उनले घरी भुकम्प त घरी नाकाबन्दीको बाबजुत पनि गत बर्ष सेयर संख्या र खाता पनि उल्लेख्य रुपमा बृद्घि हुनुको साथै संस्थाले नाफामा पनि बृद्धि गर्दै गएको जानकारी गराइन् । उनले संस्थाको प्रगतिमा सम्पूर्ण सेयर सदस्यहरलाई हातेमालो गरी अघि बढ्न आह्वान समेत गरिन् ।

सहकारीले काठमाडौंको न्यूरेडमा सेवा केन्द्र र बूम को–अपरेटिभ सर्भिस खाल्ने निर्णय समेत गर्यो । उक्त सहकारीका केही सेयर सदस्यहरु संम्मिलित बुम रेमिट ब्रन्डलाई समेत फाईदा पुग्ने कुराको जानकारी प्रमुख कार्यकारी अधिकृत पन्तले दिइन् ।

कार्यक्रममा सहकारीकर्मीहरु सीताराम काफ्ले, अर्मावति मर्हजन र ऋषिराम ढकालले सहकारीलाई अर्थतन्त्रको तिनखम्वे निति लिएपनि सहकारी क्षेत्रलाई राज्यले अझ धेरै गर्न बॉकी रहेको बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]