December 31st, 2016

सिद्धार्थ बैंकले माग्यो २९ जना कर्मचारी

सिद्धार्थ बैंकले २९ जना कर्मचारी माग गरेको छ । बैंकले माइक्रोबैंकिङ प्रमुख १ जना, सिनियर अफिसर लेभलका लागि १ जना, उपत्यकाबाहिरका लागि एसिस्टेन्ट लेभलमा २५ जना र अफिसर लेभलमा २ जनाको दरखास्त आह्वान गरेको हो । 

आवश्यक योग्यता
माइक्रोबैंकिङ प्रमुखका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरी कम्तीमा ८ वर्ष (४ वर्ष अफिसर लेभलमा रहेर) बैंक तथा वित्तीय संस्थामा काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 

सिनियर अफिसर लेभलका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरी कम्तीमा ६ वर्ष (२ वर्ष अफिसर लेभलमा रहेर) काम गरेको र उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, एसिस्टेन्ट लेभलका लागि सिनियर अफिसर लेभलका लागि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण, उमेर ३० वर्ष ननाघेको र अफिसले चाहेको स्थानमा गएर काम गर्न सक्ने हुनुपर्नेछ । प्लस दुई उतीर्ण गरी सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव प्राप्त गरेकाले पनि एसिस्टेन्ट लेभलका लागि आवेदन दिन सक्नेछन् । 

अफिसर लेभलका लागि पनि विजनेस एडमिनिस्ट्रेसन/अर्थशास्त्र/कृषि विज्ञान/ग्रामीण विकास/समाजशास्त्रमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । साथमा कम्तीमा ५ वर्ष (२ वर्ष माइक्रो लिडिङ पोजिसनमा रहेर) काम गरेको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

सम्पर्क
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १० जनवरी अर्थात पुस २६ गतेभित्र एप्लाई गरिसक्नुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]