December 29th, 2016

३० लाख ९६ हजार कित्ता एफपिओ निश्काशन गर्ने तयारीमा नेपाल लाईफ

एफपिओ निष्काशनका लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट १४ सय २५ मा एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले अनुमति दिए पछि इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार भन्दा बढी कित्ता एफपिओ निश्काशन गर्ने तयारी गरेको छ । १६ औं बार्षिक साधरणसभा मार्फत एफपिओ निश्कासन गर्ने निर्णय गरेको नेपाल लाइफ इन्स्योरेन्सले अतिरिक्त एफपिओ निष्काशन गर्न धितो पत्र बोर्ड मार्फत अनुमति पाएको हो । एफपिओ निष्काशन पछि नेपाल लाईफको चुक्ता पूँजी २ अर्ब ४७ करोड भन्दा बढी हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]