December 26th, 2016

राष्ट्र बैंकले विक्री गर्यो १० अर्ब ४५ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले १० अर्ब ४५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले नेपाल सरकारका लागि आन्तरिक ऋण उठाउन सोमबार उक्त ट्रेजरी बिल विक्री गरेको हो । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्री गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने गरी दुई प्रकारका ट्रेजरी बिल जारी गरेको हो । नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने रहेको छ, जुन आगामी चैत १५ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ३६४ दिने रहेको छ । यो ट्रेजरी बिल ०७४ पुस ११ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत साताको सोमबार पनि १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]