December 26th, 2016

बुधबारदेखि’ न्युरोड मोबाइल महोत्सव’, ‘न्यू इयर’को अवसरमा आकर्षक छुट

आगामी बुधबार (पुस १३ गते) देखि ‘न्यूरोड मोबाइल महोत्सव २०७३’ हुने भएको छ । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघले आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्युरोड क्षेत्रमा आयोजना हुने महोत्सव १९ गतेसम्म चल्ने छ । 

सोमबार राजधानीमा आयोजित पत्रकार सम्ममेलनमा महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्रान्डको सहभागिता रहने र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने जानकारी दिए । महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिने बताइएको छ । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्रान्ड जोप्पो र लिएगो मोबाइल ब्रान्डहरुले औपचारिकरुपमा बिक्री सुरु गर्ने जनाइएको छ । 

नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल पाँच सयभन्दा बढी खुद्रा विक्रेताको आबद्धता छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]