December 22nd, 2016

बुम रेमिटमार्फत पठाइएको रकमको भुक्तानी अब सेञ्चुरी बैंकबाट लिन सकिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । काठमाडौँको पुतलीसडकस्थित सेञ्चुरी बैंकको रजिष्टर्ड कार्यालय र कालिमाटीको सोल्टीमोडस्थित बुम रेमिटका बीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कर्मसीयल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र रेमिटका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, अब बुम रेमिटमार्फत पठाइएको रेमिट्यान्सको भुक्तानी सेञ्चुरी बैंकका शाखाहरुबाट लिन सकिने छ । साथमा, बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको बताइएको छ । 

बुम रेमिट्यान्सको नेपालका ७५ वटै जिल्लामा गरी चार हजारभन्दा बढि प्रतिनिधिहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । निकट भविष्यमा नै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने योजना कम्पनीको छ । आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तीब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । 

बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउँछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]