December 21st, 2016

द्धन्द्धकालमा विस्थापित नेपाल बैंकका चार शाखा पुनःस्थापित

नेपाल बैंक लिमिटेडले द्धन्द्धकालमा विस्थापित भएका चार शाखाहरुको पुनःस्थापना गरेको छ । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा यसै सातादेखि विधिवत रुपमा सञ्चालनमा ल्याएको हो । ४० को दशकमा स्थापना भई बैंकिङ्ग सेवा सुचारु गरेका उक्त शाखाहरु विगतको द्वन्दकालमा सुरक्षाको कारणले विस्थापित भएका थिए । हालै पुनस्थापित शाखाहरु सहित नेपाल बैंकको शाखा संख्या १३० पुगेको छ । निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने बैंकको योजना छ ।                                                                                       
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]