December 21st, 2016

नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्ष रामचन्द जोशीलाई तोकियो

लुघवित्त संस्थाहरुको छाता संगठन नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी रामचन्द्र जोशीलाई तोकिएको छ । छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशी यसअघि एसोसियसनको उपाध्यक्षको जिम्मेवारीमा थिए । एसोसियसनको नेतृत्व सम्हालिरहेका तत्कालिन अध्यक्ष धर्मराज पाण्डेले गत असोज १० गते नेपाल ग्रामिण विकास बैंक लिमिटेडबाट अवकास लिएसँगै जोशीले एसोसियसनको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।  

गत कात्तिक अन्तिममा तत्कालीन अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको एसोसियसनको बैठकले उपाध्यक्ष जोशीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको थियो । अब आगामी भदौ वा असोजमा हुने एसोसियसनको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । लघुवित्तकर्मीमाझ जोशी नै लोकप्रिय भएकाले उनी सर्वसम्मत अध्यक्ष हुने जानकारहरु बताउँछन् ।

यसअघिका अध्यक्ष पाण्डेले पनि ६ महिना कार्यबाहक अध्यक्ष भई पूर्णतः अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले साढे ७ सात वर्ष संघको नेतृत्व सम्हाले ।  

नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसन मुलुकमा रहेका लघुवित्त संस्थाहरुको छाता संगठन हो । हाल एसोसियसनमा ४३ वटा लघुवित्त कम्पनीहरु आवद्ध छन् । एसोसियसनमा हरेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नै पदाधिकारीदेखि सदस्यसम्म रहने गर्दछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]