March 20th, 2016

आइतबारको शेयर बजार : ८९ करोड ९७ लाखको कारोबार, सबै समूह हरियो

stock-bull-1साताको सुरुको दिन नेपाल स्टक एक्सचेन्जमा झण्डै ९० करोडको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १२ वटा कम्पनिको १९ लाख २५ हजार ४ सय ६३ कित्ता शेयर ३ हजार ८ सय २८ पटक खरिदविक्रि हुँदा ८९ करोड ९७ लाख ८६ हजार ७ सय ६१ रुपैँयाको शेयर कारोबार भएको हो । नेप्से परिसूचक पनि १७.४० अंकले उकालो लाग्दै १३४३.९३ अंकको नयाँ उचाइमा पुगेको छ । 

नेपाल लाइफ इन्स्यारेन्सको सबैभन्दा धेरै ९ करोड ९३ लाख १७ हजार ४ सय ९ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रपावर र नेपाल बैँकको क्रमशः ७ करोड र ५ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैँक र नेशनल लाइफ इन्स्यारेन्सको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने सिटिजन बैँक, एनएमबी बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा बैँक, अपि पावर कम्पनि लगायतको २ करोडमाथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनिको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । बुटवल पावर कम्पनि, सेती फाइनान्स, सिनर्जी फाइनान्स र यति डेभलपमेन्ट बैँकका लगानीकर्तालेले पनि धेरै कमाएका छन् । त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्स, प्रोफेसनल दियोलो विकास बैँक, लाइफ इन्स्योरेन्स कम्पनि, युनियम फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका लगानीकर्ता पनि कमाउनेमा परेका छन् । गुमाउनेमा जानकी फाइनान्स, सगरमाथा फाइनान्स, सुभेक्षा विकास बैँक, पोखरा फाइनान्स, साना किसान विकास बैँक लगायत छन् । 

सबै समूहहरु आइतबार उकालो लागेका छन् । वीमा समूहको शेयर सबैभन्दा बढी ३१५.९५ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्, होटल, वाणिज्य बैँक, विकास बैँक, फाइनान्स र अन्य समूह क्रमशः ७१.८८, १८.४६, ८.०७, ४.५३, १.४६ र १.१७ अंकले बढेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]