December 20th, 2016

१५ सय अंकबाट ओर्लियो नेप्से, एभरेष्ट बैंकले धान्यो कारोबार

मंगलबार पनि सेयर बजार घटेरै बन्द भएको छ । कारोबार खुलेको सुरुदेखि नै ओरालो लागेको बजार १८.८७ अंकले घटेको हो । अहिले नेप्से परिसूचक १४९६.०१ अंकमा छ । अन्य समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ११०.७३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः १९.६१, २०.१२, १४.८८, ५२.३३, ८.६१ र ३०.१ अंकले घटेका छन् । अन्य समूह भने २.६ अंकले बढेको छ । 

बजार घटेपनि कारोबार भने बढेको छ । सोमबार ५६ करोडको कारोबार भएको बजारमा मंगलबार ६८ करोडको सेयर किनबेच भएको छ । दिनभरिमा १३८ वटा कम्पनीको सात लाख २२ हजार नौ सय ४६ कित्ता सेयर चार हजार आठ सय पाँच पटक खरिदविक्री हुँदा कुल ६८ करोड २८ लाख पाँच हजार चार सय ९५ रुपैयाँ पुँजी परिचालन भएको हो । 

मंगलबारको कारोबार एभरेष्ट बैंकले धानेको छ । बजार निरन्तर घटिरहँदा पनि एभरेष्ट बैंकका लगानीकर्ताको चाप घट्नुको सट्टा झन्झन् बढिरहेको छ । सोमबार १६ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको एभरेष्टको मंगलबार २८ करोड ९३ लाख ९५ हजार पाँच सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ । यसबाहेक, सिद्धार्थ बैंक, चिलिमे हाइड्रो र हिमालयन बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनी, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, नागबेली लघुवित्त, प्राइम कमर्सियल बैंक, मेगा बैंक लगायतको एक करोडमाथिको कारोबारम भएको छ । 

नागबेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने एनबि इन्स्योरेन्सका सेयरधनीले ५.५ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, अल्पाइन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, कालिका माइक्रोक्रेडिट, सिनर्जी फाइनान्स लगायतका सेयरधनी पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको मञ्जुश्री फाइनान्सका सेयरधनीले ५.०१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । बुटवल पावर कम्पनी, सगरमाथा फाइनान्स, आईएलएफसीओ माइक्रोफाइनान्स, कैलाश विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीण डेभलपमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]