December 20th, 2016

जनता बैंकको हकप्रद १० गतेसम्म खुला रहने

जनता बैंक नेपाल लिमिटेडले हकप्रद सेयर निष्काशनको म्याद थप गरेको छ । मंसिर १ गतेदेखि ५ गतेसम्मका लागि निष्काशन गरेको हकप्रद अब मंसिर १० गतेसम्म खुला रहने भएको हो । तोकिएको मिति अर्थात ५ गते (आज) सम्मका उल्लेख्य आवेदन नपरेपछि म्याद थप गरेको बैंकले जनाएको छ । 

बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्री प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । 

हाल जनता बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]