December 19th, 2016

पोखरा फाइनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, पोखरा फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्गले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

NCHL-IPS प्रणालीका लागि कम्पनीले ६७ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । पोखरा फाइनान्ससँगको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्या संख्या ७२ पुगेको छ ।  हाल उक्त प्रणालीमार्फत दैनिक औसतमा एक अर्ब रुपैयाँ बरावरको २,५०० कारोबार हुँदै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १०९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । गत भदौ १ गतेदेखि ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवाको संचालन सुरु गरेको छ । यो सेवाग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]