December 19th, 2016

पुनः ३ः२.०८ को अनुपातमा हकप्रद जारी गर्दै अल्पाइन, १४.५ प्रतिशत बोनस सेयर पनि

अल्पाइन डेभलेपमेन्ट बैंकले ३ः२.०८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हकप्रद सेयर निमायक निकायको अनुमति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि हकप्रद बिक्री खुला गरिनेछ । बैंकले गत श्रावण १९ गतेदेखि असार २१ गतेसम्म पनि ३ः२.०८ को अनुपातमा ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । 

तीन जिल्ला कार्यक्षेत्र भएको यो बैंकले असार मसान्तसम्ममा ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यसका लागि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४.५ प्रतिशत बोनस सेयर समेत दिने घोषणा गरेको छ । हाल अल्पाइनको चुक्तापुँजी २१ करोड ९७ लाख रुपैयाँ छ । हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक, बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर ५० करोड रुपैयाँ पुँजी पुर्याउने योजना बनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]