December 19th, 2016

अबको दुई हप्तामा ४३ लाख कित्ता हकप्रद आउँदै, कुनको कहिले ? (हेर्नुस् विस्तृतमा)

Right issue share

कुन वित्तीय संस्थामा छ, तपाईंको सेयर ? अबको दुई हप्ताभित्रमा ४३ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउँदैछ । नमस्ते वित्तीय संस्था, सगरमाथा फाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकले छिटै नै हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । यी संस्थाले एक सय रुपैयाँ अंकित दरमा ४३ लाख १९ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेका हुन् । हेरौँ, कुन संस्थाको सेयर कहिलेदेखि निष्काशन हुँदैछ ?

नमस्ते वित्तीय संस्थाको हकप्रद पुस ८ गतेदेखि

namaste

नमस्ते वित्तीय संस्था लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर आगामी पुस ८ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । उक्त हकप्रद निष्काशन माघ १३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट उक्त हकप्रद भर्न पाइनेछ । हाल कम्पनीको चुक्तापुँजी तीन करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद वितराणपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

सगरमाथा फाइनान्सको हकप्रद पुस ११ गतेदेखि
sagarmatha

सगरमाथा फाइनान्स लिमिटेडको असी प्रतिशत हकप्रद सेयर पुस ११ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद सेयरका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी पुस्तिका बन्द गर्ने घोषणा गरिसकेको छ । जसअनुसार मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । हकप्रद निष्काशन पुस १७ गते बन्द हुनेछ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल फाइनान्सको चुक्तापुँजी ३६ करोड ९२ लाख रुपैया रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद पुस १८ गतेदेखि
logo-of-kanchan-dev-bank

कञ्चन डेभलपमेन्ट बैंकको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर पुष १८ गतेदेखि खुला हुने भएको छ । बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । माघ २३ गतेसम्म निष्काशन हुने हकप्रद सेयरमा मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर समेत दिँदैछ । जसपश्चात् बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यो पुँजीबाट पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव बैंकले आगमी पुस ९ गते बस्ने साधारणसभामा लग्दैछ । सो हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]