December 18th, 2016

हकप्रद खुलेका सात वित्तीय संस्थाहरु : कुनको म्याद कहिलेसम्म ?

पुँजीवृद्धिका लागि प्रायः बैंक तथा फाइनान्स कम्पनीहरुले हकप्रद सेयर निष्काशनलाई साहारा बनाएका छन् । थोरै मात्र पुँजी आवश्यक भएका संस्थाको लागि हकप्रद निष्काशन नै उत्तम विकल्प बनिरहेको छ । यतिबेला पनि सात वटा बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । हेरौँ, कुनको हकप्रद कहिलेसम्म खुला रहनेछ ?

जनता बैंक
janata-bankजनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्री प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल जनता बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

सेती फाइनान्स
seti-financeसेती फाइनान्स लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर बुधबार (मंसिर १ गते) देखि निष्काशन खुला गरेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ । हाल कम्पनीको ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद जारीपछि पुँजी नौ करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ । असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

एनएमबि माइक्रोफाइनान्स
nmbएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ बराबर १ दशमलव २ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर सोमबार (मंसिर ६ गते) देखि निष्काशन गरेको हो । कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रदको लागि पुस १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनएमबि माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंक र एनएमबि क्यापिटल लिमिटेडबाट कम्पनीको सेयरमा आवेदन दिन सकिन्छ । हाल एनएमबि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरिसकेपछि कम्पनीको पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्ने छ ।

माछापुछ्रे बैंक
maxapuxreमाछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा मंसिर १९ गतेदेखि पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद दुबै जारी गरेपछि बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

नागबेली लघुवित्त
nagbeliनागबेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले सोमबार (मंसिर २० गते) बाट उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । 

वेस्टर्न डेभलपमेण्ट बैंक
westernवेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयरको निष्काशन आगामी बुधबार (मङ्सिर २२ गते) देखि खुला हुँदैछ । बैंकले एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

सेवा विकास बैंक
sewaसेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद प्रतिशतको हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले मंसिर २३ गतेदेखि निष्काशन गरेको हकप्रद २७ गतेसम्म खुला रहनेछ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार २ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]