December 18th, 2016

सृजना फाइनान्सको ५० प्रतिशत बोनस सेयर पारित, यसरी पुर्याउँदैछ पुँजी

Srijana_Financeसृजना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार भएको साधारणसभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी बढाउने निर्णय पारित गरेको हो । बोनस सेयरका साथमा फाइनान्सले २.६६ प्रतिशत नगद लाभांश पनि दिनेछ । बोनस वितरण गरेपछि सृजनाको चुक्तापुँजी ३० करोड २४ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा २४ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको फाइनान्सले सो मुनाफाबाट बोनस सेयर वितरण गरेर ४० करोड रुपैयाँ पुँजी पुर्याउने भएको छ । 

सो सभाले दुई अर्ब १७ करोड रुपैयाँ निक्षेप, एक अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी समेत पारित गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]