December 16th, 2016

स्मार्टफोनलाई भाइरसबाट कसरी बचाउने ?

smartphoneस्मार्टफोनमा भाइरसको खतरा सँधै उच्च हुन्छ । ट्रोजन भाइरस सबैभन्दा खतरनाक प्रकारको भाइरस हुन्छ । एप्पल र गूगलको प्ले स्टोरबाहेक दोश्रो प्ले स्टोरबाट एप डाउनलोड गर्न नहुने कतिपय मानिसहरु बताउँछन् । यसरी डाउनलोड गर्दा ट्रोजन वा दोश्रो प्रकारको भाइरस स्मार्टफोन वा ट्याबलेटमा आउन सक्छ । यो भाइरस फोनको एउटा कुनामा लुकेर बसिरहेको हुन्छ । यसनले जानकारीहरु क्यापचर गर्दै ह्याकरहरुसमक्ष पुर्याउने गर्दछ । यो भाईरसले तपाईको सिस्टम वा तपाईबारे जानकारीहरुलाई पहिले कब्जा गर्छ । त्यसपछि स्मार्टफोन, ट्याबलेट वा कम्प्युटरबाट जानकारीहरु विस्तारै विस्तारै ह्याकरसम्म पुर्याउँछ । 

कसरी बच्ने ?
तपाईँले एप डाउनलोड गर्दा चर्चित कम्पनीको एप मात्रै डाउनलोड गर्नुहोस् । रेटिङको भरमा एप कहिले डाउनलोड नगर्नुहोस् । डाउनलोड गर्नुभन्दा पहिले एकपटक एप बनाउने कम्पनीको बारेमा थोरै पढ्नुहोस् । त्यसका लागि तपाईले गुगलको सहयोग लिन सक्नुहुनेछ । यदि त्यो कम्पनीले अरु पनि एप बनाएको रहेछ भने धेरै राम्रो । गूगल प्ले स्टोरमा एपको रिभ्यू महत्व दिएर पढ्नुस् । गूगल प्ले स्टोरमा रिभ्यु लेख्नेहरु तिनै मानिसहरु हुन्, जसले एपको प्रयोग गरिसकेका हुन्छन् । उनीहरुलाई त्यसका बारेमा धेरै जानकारी हुन्छ । त्यसैले उनीहरुको अनुभव तपाईको लागि सहयोगी बन्न सक्छ । यदि कोही मानिसले प्रोडक्टलाई नराम्रो भनेको छ भने कम्पनीले त्यसबारे के जवाफ दिएको छ भन्ने कुराले पनि निकै अर्थ राख्छ । अर्थात त्यसले कम्पनीको स्तरबारे थाहा दिलाउँछ । त्यसबारे ‘रिभ्यू’ गरेपछि तपाईलाई कम्पनी र उसको प्रोडक्टबारे केही जानकारी मिल्नेछ ।

कुनै पनि एप स्मार्टफोनबाट कुनै पनि जानकारी लिनको लागि इजाजत माग्छ भने उसलाई पनि एपको बारेमा थाहा हुन्छ । यदि तपाई कुनै अलार्म एप डाउनलोड गर्न चाहानुहुन्छ भने त्यो स्मार्टफोनमा फोटो हेर्ने इजाजत आवश्यक पर्दैन । क्यालकुलेटरवाला एपलाई नेटवर्क एक्सिसको बिलकुल जरुरी हुँदैन । यस्ता केसमा अन्य कुनै इजाजत मागिन्छ भने तपाईँ सावधान हुनुपर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]