December 17th, 2016

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागीर खुल्यो 

primeप्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले गोरखा, लमजुङ, नुवाकोट, सल्यान, चौरझरी, गोकुलेश्वर, तौलिहवा, ताप्लेजुङ तथा अन्य शाखाहरुका लागि इन्चार्ज माग गरेको हो । 

नयाँ विजनेस, नाम र अवसर स्थापित गर्न इच्छुक, टिमको नेतृत्व गर्न सक्ने, राम्रो कम्युनिकेसन स्किल भएको, बीमा कम्पनीसम्बन्धि नीति नियम तथा कानूनहरुको बारेमा जानकारी भएको, कम्तीमा प्लस दुई उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । स्थानीयलाई प्राथमिकता दिइने समेत कम्पनीले जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना [email protected] मा निवेदन पठाउनुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]