December 16th, 2016

साताभरमा १४.६२ अंकले घट्यो सेयर बजार : कारोबारमा उल्लेख्य गिरावट

stock downसाताको अन्तिम दिने सेयर बजार बढेको बन्द भयो । बुधबार ६.६५ अंकले बढेको सेयर बजार विहीबार १३.९८ अंकले बढ्यो । मंगलबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । अघिल्लो दुई दिन अर्थात आइतबार र सोमबार सेयर बजार क्रमशः २१.८८ र १३.३७ अंकले घटेका थिए । गत साताको अन्तिम दिन १५४४.६८ अंकमा रहेको सेयर बजार यो साता १५३०.०६ अंकमा छ । यस आधारबाट हेर्दा यो साता सेयर बजार १४.६२ अंकले घटेको देखिन्छ । 

साताभर कुनै दिन पनि लगानीकर्तामा उत्साह देखिएन । साताको पहिलो दिन साढे ४० करोडको कारोबार भएको बजारमा सोमबार ५४ करोड ८३ लाख रुपैयाँको कारोबार भयो भने बुधबार ४८ करोड ६१ लाखको कारोबार भयो । साताको अन्तिम दिन ४९ करोडको कारोबार भयो । समग्रमा साताभरमा एक अर्ब ९३ करोड ४० लाख दुई हजार आठ सय ९६ रुपैयाँ पुँजी परिचालन भयो । गत साता तीन अर्ब २८ करोड ५१ लाख चार हजार ११ रुपैयाँ पुँजी परिचालन भएको थियो ।

यो साता एभरेष्ट बैंकको सबैभन्दा धेरै ३० करोड ९५ लाख ९५ हजार पाँच सय ४१ रुपैयाँको कारोबार भयो । त्यस्तै, माछापूछ्रे बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी शिखर इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक लगायतको राम्रो कारोबार भयो । 

हिमालयन डिस्टिलरीका सेयरधनीले यो साता सबैभन्दा धेरै कमाए । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनी पनि कमाएका छन् । गुमाउनेमा अपि पावर कम्पनी, युनाइटेड फाइनान्स, अरुण फाइनान्स लगायत छन् ।

यो साताको सुरुमा बजार घटेपनि अन्तिममा आएर बजार सुधारिएको देखिएको छ । सेयर विश्लेषकहरुले सेयर बजार १२ सयसम्ममा झर्न सक्ने अनुमान लगाएपछि लगानीकर्ताको मनोबल भने कमजोर हुँदै गएको देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]