December 16th, 2016

१२.५ प्रतिशत बोनस सेयर जारी गर्न जेविल्स फाइनान्सले पायो अनुमति

jebilsजेविल्स फाइनान्सका सेयरधनीले १२.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । साथमा सेयरधनी ०.६५७९ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । उक्त बोनस सेयर कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

हाल जेविल्स फाइनान्सको चुक्तापुँजी २५ करोड ६८ लाख ६० हजार रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २८ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । 
 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]