December 16th, 2016

हकप्रद र बोनस सेयर जारी गरेर चुक्तापुँजी पुर्याउँदै बैंक अफ काठमाण्डू लुम्बिनी

boklबैंक अफ काठमाण्डू लुम्बिनीले आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । बैंकले हाल कायम चुक्तापुँजीको २३ प्रतिशतले हुन आउने एक अर्ब पाँच करोड २६ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको कुल चुक्ता पुँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने तयारी समेत गरिरहेको छ । हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]