December 15th, 2016

कस्तो छ नेपालमा वल्र्ड बैंकको भूमिका ? कसरी दिन्छ सेवा ? (हेर्नुस् विस्तृतमा)

world bankरुपा कोइराला – विश्व बैंकले विश्वका धेरै मुलुकसँग विकासमा साझेदारी गरेको छ । नेपालमा पनि ठूल्ठूला आयोजना परियोजनामा विकास बैंकको साझेदारी छ । विभिन्न विपत्तिका बेला पनि विश्व बैंकले नेपाललाई सहयोग गर्दै आएको छ । गत वर्ष बैशाख १२ गतेको भूकम्पपछिको पुननिर्माण तथा राहतका लागि पनि विश्व बैंकले अर्बौ रकम नेपाललाई सहयोग गरेको छ । यसरी नेपालको विकास र उन्नतिमा साझेदारी गर्ने विश्व बैंक स्थापनादेखिका केही जानकारीहरु हेरौँ । 
 
विश्व बैंकको स्थापना 
विश्व बैंकको स्थापना सन् १९४६ मा अमेरिकाको ब्रेटन वुड्स सहरमा १० हजार मिलियन अमेरिकी डलर अधिकृत पुँजीको साथमा भएको थियो । साथमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि स्थापना भएको थियो । त्यसैले यी दुई संस्थालाई ब्रेटन–वुड्स संस्था भनेर पनि चिनिन्छ । विश्वभरका नेताहरुको एक सम्मेलनका बीच स्थापना गरिएका यी संस्थाहरु दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः सन्तुलनमा ल्याउने उद्देश्यले गठन गरिएका थिए । दुबै वित्तीय संस्थाहरुसँगै र एकै उद्देश्यपूर्तिका लागि स्थापना गरिए पनि यीनीहरुको भूमिका भने अलग–अलग रहेको पाइन्छ । 
 
विश्व बैंक र यसका कार्यहरु
विश्व बैंकको मूल्य कार्यालय अमेरिकी सहर वासिङटन डीसीमा रहेको छ । १ जुन २०१२ देखि विश्व बैंकको अध्यक्षता जिम योङ किमले गरिरहेका छन् । उनी साउथ कोरियन मूलका भौतिकशास्त्री तथा मानवशास्त्री हुन् । उनी विश्व बैंकका १२ औँ अध्यक्ष हुन् । विश्व बैंकका अध्यक्षको कार्यकाल पाँच वर्षको हुन्छ ।    

विश्व बैंकले ऋण प्रवाह गर्ने एक यस्तो वित्तीय संस्था हो, जसको उद्देश्य भनेको विश्वका विभिन्न मुलुकहरुको अर्थव्यवस्थालाई एक व्यापक विश्व अर्थव्यवस्थामा समावेश गरी विकासशील मुलुकको गरीबी उन्मुलन गर्नु हो । विश्व बैंकले नीति सुधार कार्यक्रम तथा परियोजनाहरुका लागि ऋण उपलब्ध गराउने गर्दछ । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नीति सुधार कार्यक्रमका लागि मात्रै ऋण दिने गर्दछ । त्यस्तै, विश्व बैंकले विकासशील राष्ट्रहरुलाई मात्रै ऋण दिन्छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासशील राष्ट्रका साथसाथै धनी राष्ट्रहरुलाई पनि ऋण दिने गर्दछ । सुरुमा विश्व बैंकले बाँध निर्माण र राजमार्ग निर्माणका जस्ता विशिष्ट परियोजनाका लागि मात्रै ऋण प्रवाह गर्ने गरेको थियो । हाल भने आर्थिक नीतिमा आम सुधार ल्याउनका लागि पनि ऋण दिने गरेको छ ।

विश्व बैंकको नियन्त्रण तथा नियमन
विश्व बैंकको नियन्त्रण यसका १८० भन्दा बढी सदस्य राष्ट्रको हातमा छ । सदस्य राष्ट्र विश्व बैंकका सेयरधनीहरु पनि हुन्छन् र यसका नीतिहरुसँग सम्बन्धित फैसला पनि उनीहरुले नै गर्ने गर्दछन् । यी देशका प्रतिनिधित्व गर्ने गभर्नरहरुको बोर्डले यो फैसल ागर्ने गर्दछ । विश्व बैंक अन्तगर्त पाँच संस्थाले काम गर्ने गर्दँछन् । जसमध्ये प्रमुख भनेको अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंक हो ।

आम्दानीको स्रोत
विकास कार्यक्रमका लागि आवश्यक रकम विश्व बैंकले दुई तरिकाबाट जुटाउँछ । यस्तो रकमको केही हिस्सा धनीको देशहरुबाट आउँछ । साथमा अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकले वित्तीय बजारमा सेयर निष्काशन तथा विक्री गरेर पनि रकम जुटाउने गर्दछ । वास्तवमा विश्व बैंकले प्रदान गर्ने ऋणको आधाभन्दा बढी हिस्सा सेयर जारी गरेर नै जुटाउने गरिन्छ । 

नेपालमा विश्व बैंकको भूमिका
गरीब मुलुकहरुको सहायता गर्नु विश्व बैंकको प्रमुख उद्देश्य हो । विश्व बैंकले सन् २००१ मा १७.३ अर्ब डलर ऋण प्रवाह गरेको थियो, जुन सन् २००० मा प्रवाह गरिएको ऋणभन्दा केही बढी हो । सन् २००१ मा प्रवाह गरिएको ऋणको सबैभन्दा बढी अर्थात ३० प्रतिशत ल्यायिटन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरुले पाएका थिए । त्यस्तै, २० प्रतिशत अफ्रिकी मुलुकहरुले पाए । जुन रकम एड्सको महामारी रोक्ने उद्देश्यले सञ्चालित परियोजनामा र गृहयुद्ध पछिको अर्थतन्त्रको व्यवस्थापनमा लागेका मुलुकहरुमा खर्च गरिएको थियो । त्यस्तै, दक्षिण एसियाली मुलुकहरुले भने १९ प्रतिशत ऋण प्राप्त गरेका थिए । 

नेपालमा पनि विश्व बैंकले विभिन्न परियोजनामा कर्जा लगानी गरेको छ भने विभिन्न परियोजनाका लागि अनुदान समेत उपलब्ध गराएको छ । विश्व बैंकसँग नेपालको सहकार्य ५० वर्षभन्दा पुरानो भइसकेको छ । विशेषतः नेपालको गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रमका विश्व बैंकले सहयोग गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, जलविद्युत् लगायत वित्रीय क्षेत्रमा पनि विश्व बैंकले सहयोग गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]