December 14th, 2016

मन्त्रीहरुले लुकाए सम्पति विबरण : कसले कति देखाए ? (हेर्नुुस् रिपोर्टमा)

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकार गठन भएको १५ दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि चार महिनापछि सरकारले प्रधानमन्त्री र अन्य मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको हो । 

Prime Minister Pushpa Kamal Dahal arrives for swearing-in ceremonyसार्वजनिक गरिएको सम्पति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड नेपालकै दोश्रो गरिब प्रधानमन्त्री देखिएका छन् । यसको मतलव उनी पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालापछिकै गरिब प्रधानमन्त्री देखिएका हुन् । सम्पति विवरणमा उनले चितवनमा एक कठ्ठा जग्गा र तीन तोला सुन मात्र रहेको उल्लेख गरेका छन् । संसारकै गरिब प्रधानमन्त्री कहलाएका कोइरालाले प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइलमा रहेको उल्लेख गरेका थिए ।  

प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेको विवरण अनुसार तीन तोला सुन पनि पैत्रिक सम्पत्ति हो भने चितवनमा भएको एक कठ्ठा जग्गा पनि पत्नी सिता दाहालको नाममा रहेको उल्लेख गरेका छन् । दाहालले हालसम्म कुनै सम्पत्ति आफ्नो नाममा नराखेको विवरणले देखाउँछ । त्यसैगरी सरकारले केही राज्यमन्त्री बाहेक सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि अर्का उपप्रधान् एवम अर्थ मन्त्री कृष्णबहादुर महराभन्दा धेरै धनी देखिएका छन् ।

निधिको नाममा कति सम्पति ? 
bimalendra-nidhiनिधिको नाममा धनुषा जिल्लाको नगराई गाविसका विभिन्न वडामा १९ विघा जमीन रहेको विवरणमा उल्लेख छ । उनीसँग बैंक ब्यालेन्स २९ लाख रुपैयाँ छ । जसअनुसार हिमालय बैंकमा १४ लाख ३७ हजार ५ सय ९३ रहेको छ । उक्त पैसाको आम्दानीको स्रोतको रुपमा जग्गा बिक्री, पारिश्रमिक भत्ता, भ्रमण भत्ता आदि रहेको निधिले उल्लेख गरेका छन् । यस्तै अनकल निधीका नाममा कृषि विकास बैंकमा २९ हजार रहेको छ । यस्तै हिमालय बैंकमै थप १४ लाख छ । उक्त रकम निधिको पत्नीको नाममा रहेको छ । उपप्रधानमन्त्री निधिले २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान समेत आफ्नो सम्पति विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी उनीसँग २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।

निधिसँग ६० तोला सुन 
उनको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ । तर उनीसँग भएको सुन चाँदी सुसुरालीबाट दाइजो आएको भनि उल्लेख गरेका छन् ।

झण्डै ११ लाख रुपैयाँ क्यास 
निधिसँग १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ क्यास पनि रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ । 

भक्तपुरमा जग्गा 
भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख छ । उनीसँग भक्तपुरको कटुञ्जेमै ६ आना जमीन छ । उनले सो जमिन १३ लाख ५० हजार रुपैयाँमा किनेका हुन् । सोही स्थानमा उनकै नाममा अरु ३ आना जग्गा छ । त्यो उनले ३ लाख ८० हजार रुपैयाँमा किनेको विवरणमा उल्लेख छ ।  उक्त जमीन किन्ने पैसा पारिश्रमिक भत्ता, भ्रमण भत्ता, कृषि आदिबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । तर त्यही स्थानमा रहेको ४ आना जग्गाको भने खरिद मूल्य उल्लेख गरिएको छैन । 

कृष्णबहादुर महरा निधिको तुलनामा निकै गरिब
krishna-bahadur-maharaनिधिको तुलनामा उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महरा निकै गरिब देखिएका छन् । उनीसँग भने एकतोला पनि सुन नरहेको उनले हस्ताक्षर गरेको सम्पति विवरणमा उल्लेख छ । उनको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ भने रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । 

स्वास्थ्य मन्त्री थापाभन्दा उनकी श्रीमति धनी 
gagan-thapaस्वास्थ्य मन्त्री गगन थापाले भने आफ्नो नाममा धेरै सम्पति नभएको उल्लेख गरेका छन् । उनीसँग बैंकमा ४ हजार र नगद ५ हजार रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् । श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नाममा रहेको छ ।  

गगनले श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् । उनीसँग आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा सेयर छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]