March 18th, 2016

यस साताको शेयर बजार : १ सय ३० प्रतिशतले बढ्यो कारोबार

economicयस साता नेपाल स्टक एक्सचेन्जमा ४ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४५ वटा कम्पनिहरुको ६७ लाख १४ हजार २ सय ३० कित्ता शेयर १८ हजार ४ सय ७ पटक खरिदविक्रि हुँदा ४ अर्ब २ करोड ८९ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा १ सय ३० दशमलव ५८ प्रतिशतले बढी हो । गत साता १ सय ३४ वटा कम्पनिको २९ लाख ३९ हजार ६ सय कित्ता शेयर ७ हजार ६ सय ६९ पटक खरिदविक्रि हुँदा १ अर्ब ७४ करोड ९३ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ७ दशमलव ६५ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम दिन १ हजार ३ सय २६ दशमलव ५३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिव इन्डेक्समा पनि पहिलो दिनको तुलनामा १ दशमलव ३७ अंकले वृद्धि भई २ सय ८५ दशमलव २३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।


यस साता कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ जसको २२ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेशनल हाइड्रो पावर कम्पनीको २१ करोड ७४ लाख २० हजार रुपैयाँ, नेपाल बैंकको २० करोड २४ लाख ६० हजार रुपैयाँ, प्रुडेन्सीयल इन्स्योरेन्सको १४ करोड ६३ लाख ५० हजार रुपैयाँ र कृषि विकास बैंकको १४ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा नेशनल हाइडोपावर कम्पनी अग्रस्थानमा रहेको छ जसको ११ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ  । यता, कारोबार संख्याको आधारमा १ हजार २ सय ८१ वटा कारोबार हुदै अपी पावर अग्रस्थानमा रहेको छ ।

यस साता नेप्सेमा कन्चन डेभलपमेन्ट बैंकको ३ लाख ३० हजार कित्ता हकप्रद शेयर, कन्चन डेभलपमेन्ट बैंकको ३ लाख ३० हजार कित्ता बोनस शेयर, जानकी फाइनान्स कम्पनीको ६ लाख २१ हजार ५ सय ६० कित्ता बोनस शेयर, गौमुखी विकास बेंकको १ लाख ६८ हजार ४ सय ८० कित्ता हकप्रद शेयर, साना किसान विकास बैंकको ११ लाख ४० हजार ९ सय ७० कित्ता हकप्रद शेयर, निर्धन उत्थान बैंकको १६ लाख ३९ हजार ४ सय ९ कित्ता बोनस शेयर , कसमस डेभलपमेन्ट बैंकको ६५ हजार ६ सय २५ कित्ता बोनस शेयर र ग्लोबल आईएमई बैंकको १ करोड १५ लाख २६ हजार ६ सय ७८ कित्ता बोनर शेयर  सूचीकृत भएका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]