December 14th, 2016

बिवादमा पोखरा विमानस्थल : ठेकेदारले काम रोके, शुचारु गर्न संसदको निर्देशन

pokhara-airport-ton1

रोयल आचार्य । पश्चिमाञ्चल क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको कार्य अलपत्र परेको छ । ४ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ बैसाखमा सम्झौता गरिएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल सरकारको उदासिनताका कारण अलपत्र परेको हो । २०३२ सालमा सरकारले पोखराको छिनेडाडाँमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गर्ने निर्णय गरेको थियो । निर्णयको ४० बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।
 
airport2

४ वर्षमा सम्पन्न गरिसक्नुपर्ने
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला २ देशबीच ऋण सम्झौता भएपछि चीनको एक्जिम बैंकले सहुलियत दरमा करीव २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएपछि बिमानस्थल निर्माण प्रक्रिया अघि बढेको थियो । विमानस्थलका लागि आवश्यक पर्ने थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा समेत वितरण भइसकेको छ । तर पनि सरकारले बिशेष ध्यान नदिदा पोखरा क्षेत्रिय अन्तर्राष्टिय बिमान स्थलको निर्माण कार्य सुस्ताएको छ । विमानस्थलको निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्नुपर्ने प्रावधान भए पनि सरोकारवालाको वेवास्ताका कारण निर्धारित समयमा निर्माण सम्पन्न नहुने प्रष्ट नै देखिन्छ । इपिसी मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्यन अर्गानाइजेशनको मापदण्ड अनुसार निर्माण हुने सो बिमानस्थल समयमै निर्माण सम्पन्न गर्नु पर्ने तथा समय र लागत थप्न नपाइने व्यवस्था छ । ओली प्रधानमन्त्री हुँदा विमानस्थलको शिलान्यास गरिएको थियो । तत्कालिन प्रधानमन्त्री ओलीले शिलन्यास गरे पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारीका लागि ठेकेदार कम्पनी सिएएमसीको प्राविधिक टोली पोखरा आएको थियो । सरोकारवालसँग समन्वय तथा  पहिलो चरणमा जग्गाको सिमाना छुट्याउनेदेखि अन्य सर्वेक्षणको काम गर्नका लागि आएको प्राविधिक टोली अस्थायि कार्यालय स्थापना गरी केहि समय काम गरि फिर्ता गइसकेको छ । 
 
timthumb

आवतजावतमा समस्या                        
नेपालबाट दैनीक १५ सय बढी रोगजारीको शिलशिलामा तथा अन्य नेपाली र विदेशी गरी करिब ५ हजारको हाराहारीमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आवतजावत हुने गर्दछ । यद्यपि काठमाडौं बाहेकका ठाउँमा अन्तर्राष्ट्रिय बिमानस्थल नहुँदा सिधा आवतजावतमा समस्या पर्ने गरेको छ । नेपालमा हाल एउटा मात्र रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशभरबाट बिदेशीने नेपाली तथा बिदेशी पर्यटकका लागि असहज भइरहेको छ । पर्यटकहरुका लागि समेत अपरिहार्य ठानिएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा ढिलाई हुनुले मूलुकको पर्यटन क्षेत्रमा ठूलो नोक्सान पुगेको छ । साथै ठूला मानिएका आयोजनाहरु अलपत्र पर्नुले मूलुकको विकास पछि हटेको छ । पछिललो समय सरकारले यसलाई बिशेष ध्यान नदिएका कारण विमानस्थल निर्माणको काम अलपत्र परेको स्थानीयको बुझाई छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अलपत्र परेकोमा यस अघि पोखरा उद्योग वाणिज्य संघ तथा स्थानीय संघ संगठनहरुले सरकारलाई निर्माण चाडो शुचारु गर्न दबाब दिदै आएका थिए । राष्ट्रिय गौरवका यस्ता आयोजना निर्माणमा ढिलाई हुनु र सरकार यस बिषयमा मौन बस्नुले देशले ठूलो घाटा बेहोर्दै आएको छ । यसर्थ नेपाल सरकारले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाडो भन्दा चाडो गराउन गम्भिर हुनु आवश्यक छ । 
 
rabindra-adके भन्छन् त, त्यस क्षेत्रका सांसद ? 
कास्की क्षेत्र नम्बर ३ का सांसद तथा नेकपा एमालेका नेता रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम आन्तरिक रुपमा भइरहेको वताए । संसदको विकास समितिका सभापतिसमेत रहेका नेता अधिकारीले बैंकिङ्ग खबरसंग कुरा गर्दै भने –‘निर्माणको कार्य आन्तरिक समस्याका कारण केहि ओझेलमा परेको हो, संसदको विकास समितिले काम चाडो शुचारु गर्न निर्देशन दिइसकेको छ, अब डिसेम्बर महिना भित्रैमा सो कामको मोभिलाइजेशन हुन्छ ।’ विमानस्थल निर्माण चाडो गर्न आफूले बैठक राखेर खबरदारी गरिसकेको भन्दै नेता अधिकारीले अब काम चाडै हुनेमा आफू बिस्वस्त रहेको वताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]