December 12th, 2016

बोनस र हकप्रद पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, यसरी पुग्दैछ चुक्तापुँजी

everest bankएभरेष्ट बैंकले लिमिटेडले आगामी पुस २३ गते २२ औँ वार्षिक साधारणसभा बस्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि २२ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । 

उक्त साधारणसभाबाट बैंकले ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । साथमा बोनस सेयर जारी गरेपछि कायम हुने पुँजीमा तीन बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि साधारणसभाले पारित गर्नेछ । 

हाल एभरेष्ट बैंकको चुक्तापुँजी दुई अर्ब ६६ करोड २६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत वोनस सेयर जारी गरेपछि बैंकको पुँजी ४ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । उक्त पुँजीबाट तीन बराबर एकको अनुपातमा हकप्रद जारी गरेपछि बैंकको पुँजी छ अर्ब तीन करोड ५२ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर पुर्याउने जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]