December 11th, 2016

कृषकलाई उद्यमी बनाउँदै ‘छिमेक लघुवित्त बैंक’ : यस्ता छन् योजना र कार्यक्रमहरु 

utsav-raj-joshiउत्सव राज जोशी – “ग्रामिण विकासको आधार लघुवित्तको गुणात्मक विस्तार” भन्ने मुलमन्त्रका साथ अघि बढिरहेको यस  छिमेक लघुवित्त विकास बैंकले समयसापेक्ष सदस्यहरुको आवश्यकता र मागलाई ध्यानमा राखी आफ्ना सेवा सुविधाहरुमा परिमार्जन गर्दै आईरहेको छ । बि.सं. २०५८ सालमा लघुवित्त सेवालाई बैंकको माध्यमद्वारा स्तरिय र प्रत्यक्ष रुपमा सदस्यहरुले अनुभुती गर्नेखालको कार्यक्रम पुर्याउनु पर्छ भन्ने मान्यताका साथ यस बैंक आफ्नो सामान्य साधन र श्रोतले भ्याएसम्म अगाडी बढेको हो । स्थापनाकालको समयमा यस बैंकको कार्र्यक्रम अन्य भन्दा फरक ढंगले सञ्चालनमा आएको थियो । जसले गर्दा अन्य प्रतिस्पर्धी संस्थाहरु यस बैंकको सफलतामा प्रश्न उठाउने गर्दथे । तर गरिव र विपन्नलाई केही गर्नुपर्छ भन्ने उच्च मनोवलका साथ अघि बढिरहेको यस बैंकले आजको दिनसम्म पाएको ख्याती र सफलता जुन सुकै संस्थाको लागी पनि लोभ लाग्दो र अनुकरणीय रहेको छ । आजको समयमा यस बैंकका कार्यक्रमहरु अन्यका लागी पनि नमूनाको रुपमा रहेकोमा कुनै द्विविधा छैन । 

सेवा सुविधा अझै अपर्याप्त
यस बैंकको कार्यक्रमहरुबाट ग्रामिण भेगका सदस्यहरु लाभान्वित भएकोमा शंका गर्ने कुनै ठाँउ छैन । तथापी यस बैंक जुन सोचले स्थापना भएको थियो त्यस अनुरुप लक्ष्य हासिल गर्नका लागी यस बैंकले आफ्ना सदस्यहरुलाई दिईरहेको सेवा सुविधा अपर्याप्त नै भएको महसुस गरिएको छ । जबसम्म सदस्यहरुलाई व्यवसायी बनाउन सकिँदैन तबसम्म उनीहरुको प्रगति र यस बंैकले लिएको लक्ष्य हासिल हुन नसक्ने देखिन्छ । व्यवसायिकताको ज्ञानको अभावका कारण ग्रामिण भेगका सदस्यहरु अझै पनि परम्परागत तरिकाले नै आफ्नो व्यवसाय अंगाल्न बाध्य छन् जसको परिणामस्वरुप उनीहरुको घरपरिवारमा सोचे अनुरुपको परिवर्तन हासिल भएको देखिँदैन । 

हाम्रा अधिकांश सदस्यहरुले कृषि पेशा अँगालेको कारण उनीहरुको हालको समस्या भनेको परम्परागत प्रविधि र बीउ बिजनका कारण सोचेजति गुणस्तरीय उत्पादन गर्न नसक्नु हो । अर्कोतर्फ उत्पादित बस्तुको मुल्य सहज बजारीकरणको अभावका कारण कृषकले भन्दा पनि मध्यस्तकर्ता (बिचौलिया) ले पाउनु हो । तसर्थ, बैंकले सिजनल र अफ सिजनल तरकारी उत्पादन, गाईपालन, भैंसी पालन, बाख्रा पालन, बंगुरपालन, माछापालन जस्ता व्यवसायलाई प्रोत्साहित गरेको छ । यी बस्तुहरु हाल दैनिक ठुलो मात्रामा छिमेकी देश भारतबाट आयात गरिरहेको पाईन्छ । यस्ता बस्तुहरुको उत्पादन स्वदेशमा नै गर्न सकेमा बस्तु विक्रीका लागि बजारको कुनै समस्या नहुने देखिन्छ । 

लघुउद्यम सदस्य बिकास कार्यक्रम
यसै तथ्यलाई मध्यनजर गरि छिमेक लघुवित्त विकास बैंकले आफ्ना सदस्यहरुलाई हाइब्रिड बीउविजन र उन्नत खालको तरकारी उत्पादनको प्रविधि समेत उपलब्ध गराई आय स्तर वृद्वि गर्ने काम यस आ.व.२०७३/७४ बाट आफ्नो सबै शाखाहरुमा लघुउद्यम सदस्य बिकास कार्यक्रम मार्फत गरिसकेको छ । यस कार्यक्रममा सहभागी हुनका लागी छिमेकमा सदस्य बनेको कम्तिमा ३ बर्ष पुगेको हुनुपर्ने छ । त्यस्ता सदस्यहरुलाई बैंकले तोके अनुसारको व्यवसाय गरेमा अन्य कर्जा भन्दा न्युनतम ब्याजदरमा बिनाधितो रु.३००,००० सम्म ऋण उपलब्ध गराउँदछ । यस कार्यक्रममा बैंकले ऋण संगसंगै सदस्यहरुलाई आवश्यकता अनुसारको छोटो वा लामो अवधिको प्रभावकारी तालिम आवश्यक परेमा फिल्डमा नै उपलब्ध गराउने ब्यवस्था गरेको छ । 

बैंकले पाँच वर्ष भित्रमा संख्यात्मक र गुणात्मक रुपमा नमुना व्यवसायीक सदस्य बनाउने लक्ष्य लिएको हँुदा छिमेक बजार ब्यवस्था कं. लि.संगको सहकार्यमा चितवनको पिठुवामा तालिम केन्द्रको स्थापना गरेको छ । जसमा लामो अवधिको तालिम आवश्यकता भएका सदस्य वा तिनका घरपरिवारका सदस्यहरुलाई निःशुल्क आवासिय तालिमको ब्यवस्था गरेको छ । यसका लागि आवश्यक जनशक्ति र पूर्वाधारको ब्यवस्था गरि प्रभावकारी तालिमको समेत सुरुवात गरिसकेको छ । 

आधुनिक व्यवसाय गर्न हौसला
यस आ.व.मा प्रत्येक शाखाले कम्तिमा २ जना लघुउद्यमी ब्यवसायीक सदस्य बनाउने लक्ष्य लिएकोमा छोटो समयमा नै यस कार्यक्रमको लोकप्रियताले प्रायः शाखाहरुका लक्ष्य पुरा भएको देखिन्छ । यसै आ.व.को अन्त्यसम्ममा कम्तिमा पनि करिव २०० व्यवसायिक सदस्यहरु तयार हुने देखिएको छ । भने ठुलो संख्यामा अन्य सदस्यहरु पनि आधुनिक तरिकाले व्यवसाय गर्नका निमित्त लालायित भएका देखिन्छन् । हाल कार्यक्षेत्रमा गएर हेर्ने हो भने लघुउद्यमी सदस्य भएका सदस्यहरुको व्यवसायीकतामा समेत परिवर्तन आउन थालेको महसुस जो कोहीले गर्न सक्नेछन् । अन्य सदस्यहरुलाई पनि आधुनिक तरिकाले व्यवसाय गर्नका लागि समेत थप हौसला मिलेको छ । 

विदेश जाने परिपाटीलाई निरुत्साहन
हिजोको दिनमा सदस्यहरुले व्यवसाय गर्दा उक्त व्यवसाय आफ्ना बाजे बराजुले अंगालेको पेशा थाम्नको लागि मात्र गरेको देखिन्थ्यो । तर अवका दिनमा सदस्यहरुले बैंकले ल्याएको यस्तो कार्यक्रमले व्यवसाय गरि कमाएको आम्दानीबाट आफ्नो जीवनस्तर उकास्न सक्षम हुनेछन् । परम्परागत रुपले व्यवसाय गर्दा सदस्यहरुले लागत बमोजिमको नाफा आर्जन गर्न सकिरहेका थिएनन् भने अवका दिनमा व्यवसायिक रुपले व्यवसाय गर्दा प्रशस्त नाफा हुने आधारहरु देखिएका छन् । यस बैंकमा आवद्घ सदस्यका घरपरिवारका पुरुष सदस्यहरु आफ्नो परिवारको सुखद भबिष्यको खोजीमा कामका लागि परिवारलाई छोडेर बिदेशी मरुभूमिमा रगत पसिनाहरु बगाईरहेका छन् । अवका दिनमा परिवारको सुखका निमित्त यस कार्यक्रमले विदेश जाने परिपाटीलाई समेत निरुत्साही गर्न थालेको झलक सदस्यको घरपरिवारमा देखिन थालेको छ । जसले यस्ता किसिमका कार्यक्रमहरु ल्याउन यस संस्थालाई आगामी दिनमा हौसला मिलेको छ । 

गैह्रकृषिलाई पनि समट्ने योजना
हाल यस बैंकले कृषिलाई प्राथमिकता दिई यो कार्यक्रम संचालन गरेको छ । आगामी दिनमा विस्तारै गैह्र कृषि पेशामा संलग्न सदस्यलाई समेत लाभान्वित बनाउने सोच राखेको छ । यसका अतिरिक्त सदस्यहरुले उत्पादन गरेको बस्तुको सरल बजारिकरणको लागि बैंकका ८ वटा शाखामा प्रति शाखा ५०० जना सदस्यको संलग्नतामा विक्री केन्द्रको शुरुवात गरि बजारीकरणको कार्यक्रम अगाडी बढाईसकेको छ । 

सदस्यहरुलाई सीप विनाको ऋण दिएर उनीहरुको प्रगतिको अपेक्षा गर्नु असम्भव छ । त्यस्तो ऋणले सदस्य र तिनका परिवारलाई ऋणी मात्र बनाउँदछ जसले ऋण तिर्नका निमित्त आफुसंग भएको पैतृक सम्पत्ती समेत बेचबिखन गर्नुपर्ने देखिन्छ । तर ब्यवसायीक तरिकाले गरेको ब्यवसायले हाल सदस्य मात्र होइन उनीहरुका सन्ततीलाई समेत उद्यमी बनाउने छ । 

हाल शाखाहरुमा लघुउद्यमी विकास कार्यक्रम मार्फत ऋण लिएका सदस्यहरुले विदेशमा रेहका श्रीमान्लाई उद्यमका निमित्त स्वदेशमा बोलाउन थालेका छन् भने बैंकको यस कार्यक्रमले विदेश जान तयार भएका सदस्यका अभिभावकहरु पनि विदेश नगई आफ्नै घर परिवारसंग हाँसीखुसी तालिम लिई आधुनिक तरिकाले व्यवसाय गर्न थालेका छन् । सदस्यहरुमा छोटो समयमा नै यस कार्यक्रमले राम्रो प्रभाव पारेका कारण आगामी दिनमा समेत यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखि अगाडी बढ्नु पर्ने भएको छ । 

कम्तीमा पनि पाँच वर्ष भित्रमा कुल सदस्यको १० प्रतिशत सदस्यलाई मात्र पनि यस कार्यक्रममा सहभागी गराउन सकेमा अहिलेको प्रतिस्पर्धी एवं महङ्गो समयमा पनि सदस्यहरुले सीप एवं तालिमको प्रयोग गरि व्यवसाय संचालन गर्न सकेमा आफ्नो आम्दानी बढाउने पक्का छ । बिपन्नलाई माथी उठाउने उद्देश्यका साथ स्थापना भएको यस कार्यक्रम मार्फत सफलता हासिल गर्ने कुरामा दुईमत छैन् । साथै सदस्यहरुले पनि अन्य लघुवित्त र यस लघुवित्त बिचको भिन्नता स्पष्ट संग बुभmन सक्ने छन् । लेखक छिमेक लघुवित्त विकास बैंकका वरिष्ठ अधिकृत हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]