December 7th, 2016

निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने संस्थागत प्रयास सुरु : उद्योगीलाई यस्तो फाइदा

01काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च (ओबीओआर) नेपालले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात गर्ने भएको छ । सोमबार ओविओआरले विभिन्न व्यवसायिक संघ/संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेको छ । सोमबार ओविओआर नेपालले हस्तकला महासंघ, पस्मिना संघ, रेशम संघ, गलैंचा उत्पादक संघ, निर्माण सामग्री व्यापार महासंघ, हाते कागज संघ, हर्बल प्रोडक्ट्स संघसँग आर्थिक अभिवृद्धि साझदारी गरेको हो । सोझेदारी पत्रमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र ती संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

02ओविओआर नेपालले स्थानीय साझेदारसँगको सहकार्यलाई बढवा दिँदै आर्थिक अभिबृद्धि योजना कार्यान्वयको सुरुवात पनि गरेको छ । ओविओआरले संस्कृति र पर्यटन, जलविद्युत र पूर्वाधार विकाससहित ठूला आयोजनामा लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई प्रमुख क्षेत्र बनाएर विशेष कार्यक्रमको प्रस्ताव गरिएको पनि जनाएको छ । नेपाली उद्योगी÷व्यवसायीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यो सम्झौतापछि साझेदार संस्थासँग ओबीओआरले ‘इन्टरनेशनल ट्रेड एन्ड इन्भेष्टमेन्ट प्लेटफर्म’ले वर्किङ एग्रिमेन्ट’ समेत गर्ने भएको छ । 

यससँगै नेपाली उत्पादनको बजार विस्तार र विविधिकरणमा नयाँ आयाम थपिएको विश्वास लिइएको छ । त्यस्तै, ओविओआर र विभिन्न व्यवसायिक संघ÷संस्थाबीच आर्थिक अभिबृद्धिका लागि साझेदारी गर्ने सैद्धान्तिक सहमति भएसँगै नेपाली उद्योगीलाई बजार खोज्न सहज हुने छ । 

03गुणस्तरीय भएपनि अन्तर्राष्ट्रिय बजार नपाउनु नेपाली उत्पादनको मूल समस्या हो । सीमित व्यवसायिले व्यक्तिगतरुपमा बजार विस्तारको अभ्यास गरिरहेका बेला अब भने संस्थागत प्रयासको थालनी गरिएको हो । यसले नेपालका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुका साथै ती क्षेत्रमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, चिया, कफी, गलौंचा, पस्मिना, हस्तकालजस्ता अधिक माग भएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ओविओआरले सहयोग गर्दा ती क्षेत्रमा लगानी भित्र्याउन पनि सहज हुने अपेक्षा गरिएको छ । चीनको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयन गर्न गठित ओविओआर नेपालको यो प्रयासले आफ्ना उत्पादनको प्रवद्र्धनमा उद्योगीलाई सहयोग पुर्याउने र व्यापार विस्तार तथा विविधिकरण हुने दाबी छ ।04


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]