March 18th, 2016

कलाकारको नजरमा कुन बैँक लोकप्रिय ?

kalakarकलाकारहरु देशका गहना मानिन्छन् । उनीहरुको हरेक क्रियाकलाप, बानी व्यहोरा लगायतका कुराहरुमा सर्वसाधारणको चासो हुन्छ । यसैबिच, केही चर्चित कलाकारहरुले आफ्नो कमाइको सुरक्षाका लागि कुन बैँकलाई विश्वास गर्छन् अर्थात् उनीहरुले कुन बैँकमा खाता खोलेका छन् भन्ने विषयलाई लिएर बैँकिङ खबर डट कमले केही नेपाली कलाकारहरुसँग कुराकानी गरेको छ । 

अञ्जु पन्त (गायिका)
anju pantaमैले एनआईसी बैंकबाट कारोबार गर्ने गर्छु । यसबाहेक कृषि विकास बैंक र ग्लोवल आइएम ई मा पनि खाता खोलेकी छु भने, एनआइसी बैंकको नै एटिएम कार्ड प्रयोग गर्छु  । 

पशुपति शर्मा (लोकगायक)
Pashupati-Sharmaमेरो राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकमा खाता छ । कारोबार पनि २ वटै बैंकबाट गरिराछु । आफुलाई दुरीको हिसाबले नजिक पर्ने भएकोले वाणिज्य बैंकको कार्ड बोकेको छु ।

निखिल उप्रेती (नायक)
nikhil_upretiनविल बैंकमा मैल खाता खोलेको छु । एटिएम पनि नविलकै प्रयोग गर्दै आइराछु । यसभन्दा पहिले किष्ट बैंकमा खाता खोलेको थिए किष्ट बन्द भएपछि खाता नविलमा सारेको हुँ । 

नन्दिता केसी (नायिका)
nandita kcमेरा नविल बैंकमा खाता छ । आफूलाई नजिक पर्ने हुँदा नविल बैंकमा नै खाता खोलेकी छु र एटीएम पनि यहि बैंकको नै प्रयोग गर्ने गर्छु । 

दिपकराज गिरी (हास्य कलाकार)
dipak-raj-giriमेरो कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकमा खाता छ । आफूलाई नजिक तथा सजिलो हुने भएकाले वाणिज्य बैंकको खाता प्रयोग गर्छु । 

जितु नेपाल (हास्य कलाकार)
jitu nepalमैले स्ट्याण्डर्ड चाटर्ड बैंक र कुमारी बैंकमा खाता खोलेको छु । स्ट्याण्डर्ड चाटर्ड बैंकको कार्ड विदेशमा पनि चल्ने हुँदा यहि बैंकको एटीएम नै प्रयोग गरिराछु । यसबाहेक कहिलेकाहि कृषि विकासबाट पनि कारोबार गर्ने गरेको छु ।

ज्योति मगर (गायिका)
jyoti-magarमैले स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालय बैंकमा खाता खोलकी छु । विदेशमा रहँदा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड चल्ने भएकाले यहि नै प्रयागे गर्दैै आएकी छु । 

सिताराम कट्टेल (हास्य कलाकार)
sitaram kattelइन्भेष्टमेन्ट र कृषि विकास बैंकमा खाता खोलेको छु । आफ्नो नजिक र सजिलो पर्ने भएकोले एटिएम पनि कृषि विकास बैंकको नै प्रयोग गर्ने गरेको छु । 

हेमन्त शर्मा (गायक)
hemanta-sharmaमेरो मेगा र एसविआई बैंकमा खाता छ । एटीएम पनि मेगा बैंकको नै प्रयाग गर्ने गरेको छु ।  एभरेष्ट बैंकमा खाता खोलेर मात्र छोडेको छु । 

कुञ्जना घिमिरे (हास्य कलाकार)
kunjana ghimireइन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंकमा मेरो खाता छ । यसबाहेक आफै आवद्ध भएको प्रतिभा सहकारी संस्था छ यसबाट पनि अप्ठेरो परेको बेला ऋण लिने गरेकी छु । 

अर्जुन घिमिरे (हास्य कलाकार)
arjun ghimireमेरोे पहिलो बैंकिङ कारोबार इन्भेष्टमेन्ट बैंकबाट सुरु भएको थियो । पछि आफूलाई अली टाढा परेकोले बैंक अफ काठमाडौंमा खाता खोले र अहिले पनि यहि बैंककै कार्ड प्रयाग गर्दै आएको छु । 

मरिचमान सिंह (हास्य कलाकार)
balchhi dhurbeमैले पहिला किष्ट बैंकमा खाता खोलेको थिए । किष्ट बन्द भएपछि प्रभु बैंकमा खाता खोलेको छु । एटिएम पनि यसकै प्रयाग गर्छु । 

विल्सन विक्रम राई (हास्य कलाकार)
wilson-bikram-raiपहिला किष्ट बैंकमा खाता खोलेको थिए । किष्ट बैंक बन्द भएपछि मैले इन्भेष्टमेन्टमा खाता खोलेको छु । 

राजु पौडेल (हास्य कलाकार)
मैले पहिला किष्ट बैंकमा खाता खोलेको थिए । किष्ट बन्द भएपछि प्रभु बैंकमा खाता खोलेको छु । एटिएम पनि यसकै प्रयोग गर्छु । 

केदार घिमिरे (हास्य कलाकार)
magne budooप्रभु बैंकमा मैल खाता खोलेको छु र कारोबार पनि यसबाटै गर्ने गर्छु । अरु बैंकका भन्दा प्रभु बैंकको एटिएम भरपर्दो लाग्छ ।  

सुरज चापागाँइ (हास्य कलाकार)
suraj chapagainमेरोे सुप्रिम, इन्भेष्टमेन्ट र एभरेष्ट बैकमा खाता छ । अन्य बैंकमा खाता मात्र खोलेर छाडेको छु तर इन्भेष्टमेन्ट बैंकको कार्ड प्रयोग गर्छु ।

किरण के.सी (हास्य कलाकार)
kiran-kcनविल बैंकबाट बैंकिङ सेवा लिएको छु । अन्य भन्दा आफूलाई मनपर्ने बैंक भएकोले प्रायः यही बैंक नै मेरो रोजाईमा पर्छ । यसबाहेक राष्ट्रिय वाणिज्य बैंकमा पनि खाता छ ।

मनोज आचार्य (हास्य कलाकार)
manoj  acharyaलुम्विनी, सिदार्थ, सिटिजन, र नविल बैंकमा खाता छ मेरो । एटीएम लुम्विनी बैंकको बोक्ने गर्छु र यसवाहेक मेरो आफ्नै सहकारी संस्था पनि भएकाले प्रायः बैंकहरु भन्दा सहकारीसँग मेरो कारोबार रहन्छ । 

शिवहरि पौडेल (हास्य कलाकार)
shiva-hari-poudelमेरो खाता प्रभु बैंकमा छ । पहिला किष्ट बैंकमा थियो । किष्ट बैंक बन्द भएपछि प्रभु बैंकबाट नै कारोबार गर्दै आएको छु । 

कुमार कट्टेल (हास्य कलाकार)
jigriसुरुमा किष्ट बैंकमा खाता थियो र पनि किष्ट बन्द भएपछि इन्भेष्टमेन्ट बैंकमा खाता खोलेको छु । एटीएम पनि इन्भेष्टमेन्ट कै छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]