December 5th, 2016

तेस्रो त्रैमासभित्रमा सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रद, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

press-release-issue-manager-selectionसिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरका एक करोड ३८ लाख ४३ हजार तीन सय ८० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनको लागि बैंकले सानिमा क्यापिटल लिमिटेड, नक्साललाई आफनो बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त हकप्रद निष्काशनका लागि आवश्यक सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ । 

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको छ । हकप्रद वितरणपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]