December 4th, 2016

एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पारित, ११ करोड २७ लाख पुग्यो चुक्तापुँजी

nmbएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभाले बोनस वितरणको प्रस्ताव पारित गरेको हो । कर प्रयोजनका लागि सेयरधनीले छ लाख पाँच हजार दुई सय ६३ रुपैयाँ नगद लाभांश पनि पाउनेछन् । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी वित्तीय संस्थाको अधिकृत पूँजीलाई २० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । वित्तीय संस्थाले पूँजी वृद्धि गरी राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती हुने उद्देश्य राखी धितोपत्र वोर्डबाट स्वीकृृत भए बमोजिम १२० प्रतिशत हकप्रद यहि मंसिर ६ गतेबाट संकलन गरिरहेको छ । उक्त हकप्रद निष्काशन पौष १० गतेसम्म खुला रहनेछ । उक्त बोनश र हकप्रद शेयर सुचीकरण पश्चात राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती हुने प्रस्ताव सभाबाट पारित भएको छ । उक्त बोनश र हकप्रद शेयर जारी गरेपश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी ११ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एबम् नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष श्री उपेन्द्र पौडेलले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले विकट हिमाली तथा पहाडी जिल्लाहरुको दुर्गम भेगमा शाखा स्थापना गरी त्यहाँका विपन्न समुदायहरुमा सेवा प्रदान गरेकोमा सो कामको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ प्रगती हासिल गर्नको लागि शुभकामना ब्यक्त गरे । समथै, नियमन निकायहरुको समय समयमा फेरबदल हुने नीति नियमहरुको पालना गर्ने क्रममा एनएमबि बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था हातेमालो गर्दै अगाडी बढ्ने समेत उनले बताए । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले नयाँ प्रविधिहरुको भरपुर उपयोग गर्दै अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३  को वार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा साहसी फिल्ड कर्मचारीको अवार्ड गलेश्वर शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जु चोखाल, उत्कृष्ट फिल्ड कर्मचारीको अवार्ड ज्ञादी शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जना श्रेष्ठ, उत्कृष्ठ शाखा प्रमुखको अवार्ड मनकामना शाखाका शाखा प्रमुखसरस्वती सिलवाल र उत्कृष्ठ शाखामा गोरखा जिल्ला स्थित मनकामना शाखालाई  घोषित गरी प्रमुख अतिथि उपेन्द्र पौडेल र वित्तीय संस्थाको अध्यक्ष उत्तम भ्लोन लामाले संयुक्त रुपमा नगद सहित प्रमाणपत्र प्रदान गरे । 

पोखरा २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका २५ वटा हिमाली र पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालयहरु स्थापना गरी ४२ हजार जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु १ अर्व ११ करोड कर्जा लगानी र निक्षेप करीव रु २५ करोड रहेको जनाएको छ । 

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले स्वागत मन्तब्यका क्रममा वित्तीय संस्थाले ग्रामीण भेगको दुरदराजमा गई कार्य गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने साथै लघुवित्तमा हाल विभिन्न चुनौतीहरु रहेको कुरा ब्यक्त गरेका थिए । त्यसलाई समाधान गर्न विभिन्न रणनीतिहरु तर्जुमा गरी प्रविधि, श्रोत तथा साधनहरु ज्ुाटाई दिगो लघुवित्त संस्थाको रुपमा अगाडी वढ्ने तथा एनएमबि बैंकको सहकार्यमा यस लघुवित्त संस्थालाई छुट्टै पहिचान र उचाई प्राप्त हुने कुरामा विश्वस्त रहेको विचार व्यक्त गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]