December 4th, 2016

खुल्यो माछापूछ्रे बैंकको एक करोड ९३ लाख कित्ता हकप्रद

maxaमाछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । 

कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा  हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा मंसिर १९ गतेदेखि पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद दुबै जारी गरेपछि बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]