December 2nd, 2016

मेलम्चीमा भेटियो पहेँलो पद्धार्थ, सुन भएको आशंका 

मेलम्ची आयोजनाको हेडवक्र्स निर्माणको क्रममा पहेँलो पद्धार्थ भेटिएपछि सुन हुन सक्ने भन्दै निर्माणको काम स्थगित गरिएको छ । मेलम्ची नदी छेउको पहाड काट्ने क्रममा पहेँलो पदार्थ भेटिएपछि सुरक्षाको कारण भन्दै काम तत्कालका लागि रोकिएको हो । पहाड काट्दा निस्किएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका थिए । त्यो पदार्थ के हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था नभएपछि उक्त क्षेत्रलाई प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]